दुई प्रेमी विना एक्लै बाँच्न सक्ने केकी



keki-adhikari-music-videoठुलोपर्दा डटकम, काठमाण्डौ।
विधान कार्कीको निर्देशन रहेको ‘म बिनानी बाँच्न सक्छौ भने तिमी’ बोलको गीतको शूटिंग हालै मात्र सम्पन्न भएको छ । धुलिखेलको मनमोहक स्थलमा छायांकन सम्पन्न गरिएको उक्त म्यूजिक भिडियोमा रन्जन रिजाल, केकी अधिकारी र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।

प्रेम पछिको बिछोड अनि बिछोड पछिको तनावलार्इ भिडियोमा देख्न पाइने छ । राजु बानियाँको शब्दमा र रमेश राज भट्टराईको संगीत रहेको गीतमा यूवापुस्ताका चर्चित गायक प्रमोद खरेलको आवाज सुन्न सकिन्छ । सार्वजनिक भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गर्ने छन् ।

केहि दिन भित्रमानै बजारमा ल्याइने तयारी भइरहेको उक्त म्युजिक भिडियोलाई दर्शक, स्रोताले मन पराउने निर्देशक विधान कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu