जेठ २२ मा निखिलको ‘भैरव’



nikhil-uprety-bhairab

ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयपछि चलचित्र अभिनयमा फर्किएका एक्शन नायक निखिल उप्रेतीको लगानी र निर्देशनमा तयार भएको चलचित्र भैरव ०७२ साल जेठ २२ गतेबाट अलनेपाल रिलिज हुने भएको छ ।

चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै नायक उप्रेतीले दर्शकलाई एक्सनको नयाँ स्वाद चखाउने प्रयास भैरवले गर्ने बताए । उनले भने, ‘मलाई विश्वास छ दर्शकले यो स्वाद मन पराउनेछन्, किनकी चलचित्र दर्शकको रोजाइको बनेको छ ।’ निखिल उप्रेतीको चलचित्र हेर्न आतुर दर्शकका लागी भैरवले महत्वपूर्ण भुमिका खेल्ने पनि नायक उप्रेतीले जानकारी दिए । रेश अधिकारीको संगीत रहेका चलचित्र ‘भैरव’मा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रलाई कृष्ण थापाले खिचेका हुन् । चलचित्र ‘भैरव’मा निखिलको अलावा अनु शाह र मुरलीधरको प्रमुख अभिनय रहेको छ । प्रहरी प्रशासन र तराईमा हुने चोरी डकैतीमा प्रशासनको कथा ‘भैरव’ले बोल्नेछ । उप्रेतीले नेपालीका अलावा भोजपुरी तथा हिन्दी फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu