सलमानका सुरक्षा गार्डद्वारा फ्यानलाई कुटपिट



salman-khan-adalat

बलिउडस्टार सलमान खान बेला बेलामा चर्चा र विवादमा तानिरहने अभिनेता हुन् । कहिले उनी अदालतको आदेशका कारण विवादमा आइरहन्छन् त कहिले सुटिङको क्रममा उनका फ्यानहरुले उनलाई भेट्न गरेको मरिहत्तेले । त्यहि क्रममा उनी फेरी एकपटक चर्चा र विवादमा एकसाथ मुछिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र ‘बजरंग भाइजान’को सुटिङमा सलमानलाई भेट्न भन्दै आएका एक फ्यानलाई सलमानका सुरक्षा गार्डले कुटपिट गरेपछि सलमानको यति बेला व्यापक आलोचना र नारावाजी सुरु भएको छ । कुटपिटपछि उपस्थित फ्यानले सलमानको विरुद्दमा नाराबाजी गरेका थिए । स्थितिलाई काबुमा राख्न सलमानले टाढैबाट फ्यानहरुलाई हात हल्लाएर अभिवादन गरे तर नाराबाजी भने रोकिएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu