भूकम्पका कारण नेपालमा आठ भारतिय चलचित्रकर्मीको निधन



mugda-godse-twittठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा शनिबार आएको महाभूकम्पमा परेर आठ भारतिय चलचित्रकर्मीको मृत्यु भएको छ । तेलुगु चलचित्रका अभिनेता के.बिजय सहित आठ भारतिय चलचित्रकर्मीको मृत्यु भएको हो । उनी आफ्ना २० सदस्यीय टोलीका साथ नेपाल चलचित्र छायांकनका लागि आएका थिए । ‘एकताकरम’ नामक चलचित्रको छायांकनका लागि उनी नेपाल आएका थिए । उनी गाडीमा रहेको समयमा भूकम्प आएको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

कोरियोग्राफर समेत रहेका अभिनेता बिजयको पार्थिव शरिरलाई जति सक्दो चाँडो स्वदेश झिकाउन तेलुगु चलचित्र ईन्डष्ट्रीले सरकारसँग माग गरेको छ । नायिका मोग्दा गोड्सेले ट्विटमा जानकारी दिए अनुसार पोखरा सुटिङको क्रममा उनको टिमका ८ सदस्यको निधन भएको हो । ८ जना मध्य अरु कस कसको निधन भयो भन्ने खबर आधिकारी रुपमा प्राप्त नभएपनि नायिका मोग्दा गोड्से पनि केहि घाईते भएको बताइएको छ ।

त्यस्तै, नेपालमा आएको महाभूपम्कका कारण हजारौँको मृत्य् भएको खबरले बलिउडका चर्चित नायक नायिकाहरु पनि दुखित भएका छन् । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान, कैटरीना कैफ लगायतका कलाकारहरुले नेपालीहरुलाई नआत्तिन र मृत्यु भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu