नायिका शिखा मृत अवस्थामा फेला



shikha-joshi-deadबलीउडकी मोडल तथा अभिनेत्री शिखा जोशी मृत अवस्थामा फेला परेकी छिन् । मुम्बईमा रहेको आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेको वर्सोवा प्रहरीले जानकारी दिएको छ ।

चलचित्र ‘बिए पास’मा पहिलो पटक अभिनय गरेपछि बलिउडमा डेव्यू गरेकी उनले हालसम्म धेरै म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । हालसम्म शिखाको हत्या गरिएको हो वा आत्महत्या गरेकी हुन् त्यो भने खुल्न सकेको छैन् तर भारतीयसञ्चारमाध्यहरुले बताए अनुसार शिखाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनलाई अस्तपालसम्म पुराइएको थियो तर अस्तपाल पुग्न नपाउँदै उनले आफ्नो प्राण छोडेकी थिइन ।

अस्तपालले अभिनेत्री शिखाको मृत्यु भइसकेको पुष्टि गरिसकेको छ । शिखाका नजिकको स्रोतले बताए अनुसार शिखा बाथरुममा छिर्दा नै चक्कु लिएर गएकी थिईन् । र सोहि बखत उनले चक्कु प्रहार गरि आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर यस विषयमा प्रहरीले हालसम्म कुनै पनि बयान सार्वजनिक गरिसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu