छोरीका पिता बने जिवन



jiwan-luitel-dad

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका चर्चित नायक जिवन लुईँटेल छोरीका पिता भएका छन् । छोरा भएको अठार महिना पछि दोस्रो पटक छोरीको पिता भएका जीवनले आफ्नो आधिकारी फेसबुकमार्फत खुसी व्यक्त गरेका छन् । उनले छोरीको आगमनसँगै घरमा खुसीयाली आउने पनि विस्वास व्यक्त गरे ।

२०६४ साल बैशाख २२ गते काठमाण्डौ निवासी अञ्जली शर्मासँग प्रेम बिवाह गरेका जीवनले आमा छोरीको स्वास्थ्य सामान्य रहेको बताएका छन् । पढाईको सिलसिलामा अष्ट्रेलियामा रहेकी उनकी जीवनसंगिनी अंजली अहिले नेपालमा नैं छिन् । सन् २००२ का मिस्टर नेपाल जीवनले हालसम्म करिब तिन दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu