‘भुवन केसीको चलचित्रको सामान कब्जा गरिएको कुरा भ्रामक’



bhuwan-kc-dreams-pokhara

ठुलोपर्दा डटकम, पोखरा।
केहि दिन अगाडी चलचित्र ‘ड्रिम्स’को छायांकनका लागी ४० जनाको जम्बो टोली बसेको पोखराको ‘पिस फूल’ होटलको बिल नायक भुवन केसीले नतिरेको भन्दै खबर बाहिर आएपछि नायक भुवन केसीले पाखरामा नै पत्रकार सम्मेलन गरेर त्यस विषयमा खण्डन गरेका छन् । उनले पत्रकार सम्मेलनमा आफुले होटलको पैसा नतिरी कँहि पनि नजाने बताएका छन् ।

उनले भने -‘चलचित्र छायांकन गरिरहदाँ धेरै समस्याहरु आउँछन् कहिले पैंसाको अभाब हुन्छ, कहिले प्राविधिक हुँदैनन् केहि के कहिले के हुने गर्छ । तर हामीले चलचित्रको ७० प्रतिशत छायांकन पोखरामा नै सम्पन्न गरेका छौँ । अब बाँकी छायांकन काठमाडौं लगायतका केहि ठाउँहरुमा गर्ने गरि हामी काठमाडौं जान लागेका छौ तर होटलको पैसा केहि बढि भएको र हाल मसँग उक्त रकम तिर्न सक्ने अवस्था नभएको कारणले केहि दिन भित्रमानै म होटलको सम्पुर्ण हिसाब किताब पारदर्शी गरेर मात्र पोखराबाट जानेछु । तर म पोखराबाट भागेर जाने छैन ।’

सोहि पत्रकार सम्मेलनमा उनले प्राविधिक उपकरणका सामानहरु पैसा नतिरेर जफत गरिएको भन्दा पनि होटल सञ्चालकहरुले सुरक्षित गरि राखेको पनि जानकारी दिए । हिजो मात्र ‘पिस फूल’ होटलले एक विज्ञप्ती जारी गर्दै समाचारमा आएका कुरा भ्रामक र कपोलकल्पित भएको बताएको थियो । होटल सञ्चालिका बिन्देश्वरी श्रेष्ठले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा भुवन केसीले तिर्नुपर्ने रकम तिरिसकेको उल्लेख गरिएको थियो ।

उनले पत्रकार सममेलनमा आफुले चलचित्र ‘ड्रिम्स’ बलिउडस्तरको बनाएको पनि दाबी गरे । आँफैले निर्देशन र निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा आफ्नै छोरा अनमोल केसी र नव नायिका सन्ध्या केसी र साम्राज्ञ राज्य लक्ष्मीको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu