बजरंगी भाईजानको प्रदर्शन रोक्न मुद्दा दायर



bajrangi-bhaijan-mudda

इदमा रिलिजको तयारीमा रहेको बलीउडको बहुप्रतिक्षित चलचित्र बजरंगी भाईजानको प्रदर्शन रोक्न इलाहाबाद हाइकोर्टमा याचिका दायर गरिएको छ। चित्रकुटका एक सामाजिक कार्यकर्ता अनिल प्रधानले दायर गरेको याचिकामा चलचित्रमा बहुसंख्यक समुदायको धार्मिक भावनामा चोट पुर्‍याउन सक्ने जिकिर गरिएको छ ।

बलिउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले पाकिस्तानबाट आएर भारतीय सिमामा अलपत्र परेकी एक बालिकाको कथा बोकेको छ । खबरका अनुसार आज यो मुद्दा फैलासा हुने छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । सलमानसँग यस चलचित्रमा करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu