‘बाहुबली’ तीन सय करोडमा प्रवेश



Baahubali-poster

प्रभास स्टारर एस.एस. राजमौलीले निर्देशन गरेको दक्षिण भारतिय चलचित्र ‘बाहुबली’ले भारतिय चलचित्रको इतिहासमै पहिलो रेकर्ड राख्न सफल भएको छ । प्रदर्शनमा आएको एक सातामा यो चलचित्रले ३०० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

यो व्यापार भारतको मात्रै हो । प्रदर्शनमा आएको दास्रो दिनमा नै सय करोडमा प्रवेश गरेको यो चलचित्रले हालसम्ममा ३०० करोड भन्दा माथिको व्यापार गरिसकेको भारतीय मिडियाहरुले जनाएका छन् । यो सगैं चलचित्र बाहुबलीले गिनिज बुक अफु वर्ल्ड रेकर्डमा पनि नाम दर्ता गराएको छ ।

चलचित्रले संसारमै सबैभन्दा ठुलो पोस्टर बनाउदै गिनिज बुकमा नाम लेखेको हो । चलचित्रको पोस्टर ५० हजार वर्गफिटको छ साथै यो चलचिले चलचित्रमा नयाँ भाषा ‘किलिकिलि’को जन्म समेत गरेको छ । प्रभाष, राणा डग्गुवति, अनुष्का शेट्टी, तमन्ना लगायतको अभिनय रहेको यो चलचित्र भारतीय ईतिहासमै सबैभन्दा महंगो चलचित्र हो ।

चलचित्रको कुल लागत दुई सय पचास करोड रहेको छ । चलचित्रले बलिउडमा अहिलेसम्मका अधिकांश कलेकशनका रेकर्ड तोड्न सफल भएका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu