प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा नम्रता



namrata-sth

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मुलुकमा संविधान जारी गर्ने माहोल बनिरहँदा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि यतिखेर राजनीतिले तानेको छ । उनले पनि प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था हुनुपर्ने माग राखेकी छिन् ।

बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन् -‘म पनि एक युवा भएकाले आफ्नो भविष्यको सुनिश्चितता गर्ने अवसर संविधानले दिलाउनुपर्छ भन्ने पहिलो मान्यता हो । खासगरी, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ भन्नेमा मेरो जोड रहेको छ । यसो गर्न सकियो भने जनताले आफूले चाहेको र खोजेकोजस्तो लिडरसिप पाउन सक्ने सक्छन् ।’ उनले अहिलेसम्म मुलुकले पाउन नसकेको नेतृत्व प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबाट पाउनसक्ने पनि दाबी गरेकी छिन् ।

प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था हुनुपर्ने अभियान कार्यक्रममा उनले यस्तो बताएकी हुन् । साथै उनले यस अभियानमा सहभागी हुन भन्दै सबैलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu