फेसियल हाउस उद्धाटनमा झरना थापा



Jharana-Thapa-Facial-House-Opening

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सोमवार नायिका झरना थापाले चाबहिलस्थित ‘फेसियल हाउस’को उद्घाटन गरेकी छिन् । सुन्धाराको काठमाडौं मलको शाखा स्वरुप चाबहिलमा सुरु गरिएको फेसियल हाउस उद्घाटनका क्रममा झरनाको साथमा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर र व्युटिसियनहरुको छाता सास्था एबिसी हृयाण्डकी अध्यक्ष सीता पाठक समेत रहेका थिए ।

अभिनेत्री झरना थापाले नारीहरुको सुन्दरताको लागि फेसियल हाउसले आफ्नो छुट्टै परिचय बनाएको भन्दै नयाँ शाखाको सफलताको कामना गरिन् । फेसियल, हेयर डिजाईन देखि आफ्नो सौन्दर्य प्रशोधनमा आउँदा दिनमा आफु फेसियल हाउससँग सहकार्य गर्ने पनि थापाले बताईन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले व्युटिसियन क्षेत्रमा आधुनिक प्रविधि र प्रयोग फेसियल हाउसले भित्राएको बताउादै अझ धेरै पुरुष महिलालाई सौन्दर्य सम्बन्धि सेवा दिन चावहिलमा पनि शाखा खोलिएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu