हनिमुनका कारण शाहिदले छोड्दै ‘झलक दिखला जा’



Shahid-kapoor-jhalak-dikhla-ja

केहि दिन अगाडी मात्र भब्य तरिकाले विवाह गरेका बलिउडस्टार शाहिद कपुरले आफ्नो श्रीमतीको आग्रहमा कलर्स च्यानलबाट प्रशारण हुँदै आएको रियालिटी सो ‘झलक दिखला जा रिलोडेड’ छोड्ने भएका छन् । साहिदले सोका निर्मातासँग आठ एपिसोडमा मात्रै काम गर्ने गरी सहमति गरेका छन् ।

आठ एपिसोडमा मात्रै काम गर्नुको मुख्य कारण श्रीमती नै रहेको बुझिएको छ । विवाहपछि सुटिङको कारण भन्दै हनिमुनसमेत नगएका साहिद केही समय कामबाट विश्राम लिन चाहन्छन् । मीराले पनि केही दिन आफूसँगै बस्न दबाब दिँदै आएकी छन् । शाहिद ‘झलक दिखला जा रिलोडेड’ का निर्णायक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu