प्रियंका बनिन् मिस नेपाल युएस, नेपाली कलाकर्मीलाई सम्मान



Priyanka-thapaliya-miss-nepal-us
पाचौँ मिस नेपाल युएस प्रतियोगितामा नर्थ क्यारोलिनाकि प्रियंका थपलिया उत्कृष्ट १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै नेपाल अमेरिका सुन्दरी भएकी छिन् । नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकि कौशिला लामा प्रथम विजेता र टेक्सासकी नेहा झा द्वितीय विजेता भएकी छिन् ।

Subscribe us on YouTube:-

यस्तै, प्रतियोगितामा ‘मिस पर्सानालिटी’ दिभ्या भण्डारी, ‘मिस फोटोजेनिक ‘प्रियंका थपलिया’, ‘मिस ट्यालेन्ट’ नेहा झा, ‘मिस कल्चर एण्ड टुरिज्म’ शारुनी गामी, ‘मिस पपुलर’ स्मृती गिरी, ‘मिस डिसिप्लिन’ सुनिता पुन र ‘मिस वेस्ट वाक’को टाइटल कौशिला लामाले जित्न सफल भएका थिए ।

अमेरिकामा बसोबास गर्दै आएको नेपाली युवतीको प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका निर्देशक अमित शाहले बताए । नेपाललाई पूननिर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चर्चित नायिका मनिषा कोइराला र बलिउडका चर्चित खलपात्र गुलसन ग्रोभर सहभागी भएका थिए ।
miss-nepal-us-samman
सोहि कार्यक्रममा नायिका केकी अधिकारी र नन्दिता केसीले विशेष प्रस्तुती समेत दिएका थिए । त्यस्तै नेपालबाट उक्त कार्यक्रममा उपस्थिती जनाएको भन्दै नेपाल अमेरिका कलाकार संघले कलाकार सुनिल थापा, मिस नेपाल युएसका अफिसियल फोटोग्राफर राजिव श्रेष्ठ, कोरियोग्राफर शंकर विसी लगायतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu