‘भैरव’ले पास गर्‍यो सेन्सर



Nikhil-Uprety-action-Hero
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मधेशका कुरालाई गम्भिर तरिकाले उठान गरेको र मधेशमा आन्दोलन चलिरहेका कारण ‘भैरव’ लाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको सेन्सर बोर्डले यो चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ । मंगलबार गृह मन्त्रालयका व्यक्ति र केहि सभासद्लाई चलचित्र देखाएपछि सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।

Subscribe us on YouTube:-

सर्लाही र भारत नाकाको गम्भिर विषय वस्तु र मधेशका कुरा उठाएका कारण सेन्सर बोर्डले गृह मन्त्रालय र केही सभासदलाई चलचित्र देखाएपछि मात्र पिजी सर्टिफिकेट दिएको बताइएको छ । अब चलचित्र १६ बर्षभन्दा मुनीका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ ।

केहि डरलाग्दा एक्शनका कारण चलचित्रलाई पिजी सर्टिफिकेट दिएको हो । चलचित्रले उक्त सर्टिफिकेट पाएपछि चलचित्रका निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेती खुसी देखिएका छन् । प्रदर्शन मिति नजिकदै गर्दा सेन्सर बोर्डले झमेला खडा गरिदिएपछि तनाबमा देखिएका निखिल अब चलचित्र भदौ ११ गते प्रदर्शनमा ल्याउन कुनै कठिनाई नभएको बताएका छन् ।

भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu