हाँसो र आँसुको मिश्रण हो लव सब: करिश्मा श्रेष्ठ (भिडियो)



Karishma-Shrestha-Luv-Sab
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कमेडी चलचित्र लव सब पारिवारिक चलचित्र भएको यस चलचित्रकी नायिका करिश्मा श्रेष्ठले बताएकी छिन् । ठुलोपर्दा डटकमसँगको विशेष अन्तरर्वार्ताको क्रममा उनले चलचित्र लव सब सम्पुर्ण परिवार एकसाथ बसेर हेर्न मिल्ने बनेको खुलाएकी छिन् ।

Click Here to Watch Entertaining Videos
‘चलचित्रले दर्शकहरुलाई पेटमिची मिची हसाउँछ र चलचित्र हेरेपछि दर्शकहरु रुन पनि बाध्य बन्नुहुन्छ’, करिश्माले भनिन् । उनका अनुसार चलचित्र राम्रो बनेको छ । ‘तपाईले अहिलका यूवा पुस्ताका चर्चित दुई हिरोसँग पहिलो पटक चलचित्र खेल्नु भएको छ कस्तो अनुभव भयो ?’ भन्ने प्रश्नका उत्तर दिदै उनले भनिन्, ‘हल्का डर चाँहि थियो मलाई किनकी मसँग चलचित्रमा अभिनय गर्नुभएका संयम दाई र सलोनलाई यस अघि नै दर्शकहरुले रुचाइसक्नुभएका कलाकार हुनुहुन्थ्यो । यो डरलाई हँटाउने काम चाँहि चलचित्र सुरु हुनुभन्दा अगाडी गरिएको वर्कशपले धेरै मदद्त गर्‍यो ।’

उनी अगाडी थप्छिन्, ‘वर्कशपमा संयम दाई र सलोनले मलाई राम्रोसँग साथ दिनुभयो त्यसपछि चलचित्र खेल्न गाह्रो अनुभव भने भएन ।’ ‘म चलचित्रमा एकदमै साधारण यूवतीको भुमिकामा देखिदैछु’ उनी अगाडी भन्छिन्, ‘म बाहिरबाट काठमाडौं मामा माईजुसँग पढ्न आएको हुन्छु र जुन केटीलाई लव सबमा कुनै चासो नै हुदैन त्यस्तो यूवतीको भुमिकामा म देखिएको छु ।’ कुराकानीकै क्रममा उनले एकपटक चलचित्र लव सब सबैले हेरिदिन पनि आग्रह गरिन् ।

कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।

हेर्नुहोस् कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu