विकास बोर्डले थाल्यो अनुगमन, नटेरे यस्तो सम्म हुनेछ कारबाही



film-development-boardठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डले काठमाडौंमा सञ्चालित सिनेमा हलहरुको अनुगमन सुरु गरेको छ । विकास बोर्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘चलचित्र प्रदर्शन अनुगमन समिति’ ले सोमबारदेखि नै अनुगमन कार्यको थालनी गरेको हो ।

Click Here to Watch Entertaining Videos
बोर्डद्वारा जारी विज्ञप्तीमा भनिएको छ -‘अनुगमन समितिले चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरु प्रदर्शन गरे वा नगरेको, चलचित्र जाँच समितिले काँटछाँट वा हेरफेर गरेका वा अन्य कुनै शर्त बन्देजलाई प्रदर्शन वा वितरकले पालना गरे वा नगरेको हेर्नेछ । यसका साथै समितिले चलचित्र प्रदर्शनको सुरुवातमा चलचित्र जाँच समितिबाट जारी चलचित्र जाँच प्रमाणपत्र देखाए/नदेखाएको, १६ वर्ष नाघिसकेका वयष्कलाई मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने शर्त तोकी अनुमति दिएकोमा वितरक वा प्रदर्शकले त्यस्तो चलचित्रको प्रचारप्रसार गर्ने सामाग्रीमा उक्त कुरा स्पष्ट देखिने गरी उल्लेख गरे/नगरेको, प्रदर्शकले चलचित्र जाँच प्रमाणपत्रमा उल्लेख भए बमोजिम दर्शकलाई प्रवेश गराए/नगराएको विषयमाहरुमा अनुगमन गर्दै ती कुरा पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीका लागि सम्बिन्धत निकायमा सिफारित गर्नेछ ।’

सोमबार मात्रै अनुगमन समितिका संयोजक तथा बोर्ड सदस्य राजेन्द्र केसीले सोमबार सिटी सेन्टरको बिग मुभिज तथा कुमारी चलचित्र घरमा प्रदर्शित हलिउड चलचित्र ‘द ट्रान्सपोर्टरः रिफ्यूल्ड’ को अनुगमन गरेको जानकारी दिए । केन्द्रीय जाँचपास समितिले यो चलचित्रलाई ‘पिजी’ सर्टिफिकेट दिएकाले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउँछन् । समितिले अनुगमनका क्रममा १६ वर्षभन्दा कम उमेरका केही दर्शक फेला पारेको तर ती दर्शकहरु अभिभावकको साथमा रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu