ट्रेन्सपोर्टिङको दोस्रो सिक्वेल निर्माण हुने



trainsporting
ओस्कार विजेता तथा सल्मडग मिलेनियर निर्देशक ड्यानी बोयलले ‘ट्रेन्सपोर्टिङ’को दोस्रो सिक्वेल निर्माण गर्ने भएका छन् । चाँडै छायांकनमा जाने तयारी भइरहेको जानकारी दिदै ड्यानी बोयलले पहिलो सिक्वलका चार प्रमुख कलाकारले दोस्रो सिक्वललको लागि पनि इच्छा देखाएको बताएका छन् ।

Click Here to Watch Entertaining Videos
डेडलाइनसँग कुरा गर्दै बोयलले चलचित्रका लागि जेसन होडजले लेखेको स्क्रिप्टले सोचेभन्दा राम्रो प्रतिक्रिया बटुलेको बताए । ‘अमेरिकन टिभी सिरिजमा काम गरिरहेका दुईजना कलाकारको सुटिङतालिकाले केही अप्ठयारो पारेको मात्रै हो’, उनले भने। नयाँ सिक्वलले इवान म्याकग्रेगर, इविन ब्रेम्नर, जोनी लि मिलर र रोबर्ट क्यारेललाई फेरि एकपटक सँगै ल्याउनेछ। फिल्मको नाम ‘ट्रेन्सपोर्टिङ २’ राखिनेछ । चलचित्रलाई ब्रिटिस फिल्म इन्सटिउटले सर्वकालिन् १०० ब्रिटिस् फिल्मको दशौंस्थानमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu