सन्नी लियोन भन्छिन्, ‘मेरो कुरा नकाटी खान नपच्ने मान्छे पनि छन्’



Sunny-rakhi
एक समय थियो बलीउड अभिनेत्री सनी लियोन र राखि सावन्त एउटै थालमा खान खान्थे अहिले यि दुई नायिका एकअर्काका दुश्मन जस्तै छन् । उनीहरु एकअर्काको कुरा नकाटी सायदै बस्न सक्दैनन् ।

Click Here to Watch Entertaining Videos
सनीले राखीको विषयमा केहि नबोलेपनि राखी भने सनीलाई बारम्बार विभिन्न कुराहरुले घोचिरहेकी हुन्छिन् जुन कुरा सनीलाई असैह्य हुन्छ अनि सनीले पनि आफ्नो जबाफ दिने गर्छिन् । केहि महिना पहिले राखीले सनीलाई भारत निकाला समेत गर्नु पर्छ भनेर अभिव्यक्ति दिएकी थिइन र त्यसैको जबाफ अहिले सनीले पनि राम्रै सँग दिएकी छिन् ।

उनले राखीलाई पेच पुग्ने गरि आफ्नो कुरा नकाटी कसै कसैलाई खान पनि नरुच्ने भन्दै जबाफ फर्काएकी छिन् । एक कार्यक्रममा पत्रकारहरुको जबाफ दिदै उनले भनिन्, “केहि व्यक्तिहरु मेरो बारेमा नराम्रो कुराहरु गरिरहेका हुन्छन् तर हामी यो सोचेर खुसी हुनुपर्छ की ऊ मेरो कुरा गरिरहन्छ । मेरो आसपासमा सधै राम्रो मान्छे रहन्छ मलाई त्यसैमा खुसी लाग्छ ।” अब सायद सनीको यो जबाफपछि राखीले पनि केहि कुरा पक्कै भन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu