भुवन केसी र दीलिप रायमाझीको जन्मदिन, भुवन लागे छयालिस्



bhuwan-kc-and-dilip
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी आज शुक्रबारबाट ४६ बर्षमा लागेका छन् । तर विकिपिडयामा उल्लेख भए अनुसार उनी ५८ बर्षमा लागेका छन् । युवतीसँगको सम्बन्धका कारण चर्चा रहने भुवनले आज आफ्नो जन्मदिन परिवारको साथमा मनाउने बताइएको छ ।

Click Here to Watch Entertaining Videos
‘कुसुमे रुमाल’, ‘साइनो’ जस्ता सय बढि चलचित्रमा अभिनय गरेका भुवनका केहि चलचित्रले सफलतापुर्वक ५१ दिनसम्म मनाएका छन् । हालै आफ्नै लगानी र निर्देशनमा चलचित्र ‘ड्रिम्स’ बनाएका भुवनले यस चलचित्रमा आफ्नै छोरा अनमोललाई मुख्य भुमिकामा देखाइएका छन् ।

आजै नेपाली चलचित्रका अर्का चर्चित नायक दिलिप रायमाझीको पनि जन्मदिन परेको छ । थुप्रै चलचित्रमा जीवन्त अभिनय गरेका उनका आफ्नो मान्छे, दर्पणछाँया लगायतका दर्जनौँ चलचित्रहरु सफल छन् ।

आजै दुई चलचित्र पत्रकार सन्दिप सापकोटा र सब्रत आचार्यको पनि जन्मदिन परेको छ । आज शुक्रबार जन्मदिन मनाउन लागेका नायक भुवन केसी, दिलिप रायमाझी, पत्रकारद्वय सन्दिप सापकोटा र सुब्रत आचार्यलाई ठुलोपर्दा डटकमको तर्फबाट हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu