पण्डितका छोरा आर्यनले टुप्पी काटेपछि … (भिडियो)



aaryan-in-sushree
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आशिका फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको नेपाली कमेडी चलचित्र ‘सुश्री’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायक आर्यन सिग्देल पहिलो पटक कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

Click Here to Watch Entertaining Videos
कार्तिक ३ गते फुलपातीबाट प्रदर्शन हुन लागेको चलचित्र सुश्रीमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधान लगाएतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् ।

पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । शिवम् अधिकारीले निर्देशन गरेको यस चलचित्रको लेखन र निर्देशन पनि शिवमले नै गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu