दिपा र दिपक अब ब्वाईफ्रेन्ड-गर्लफ्रेन्ड



deepak-deepa-bfgf
ठुलोपर्दा डटकम, काठमाण्डौ।
१२ बर्ष भयो तपाईहरुले नेपाल टेलिभिजनबाट बिहिबार साँझ ८:५० बजेबाट सुरु हुने हाँस्य टेलिश्रृखला ‘तितो सत्य’ हेर्न थाल्नु भएको पनि । बिहिबारबाट तितो सत्यले १२ बर्ष सफलतापूर्वक सम्पन्न गरेको छ ।

Click Here to Watch Entertaining Videos
तितो सत्यका लेखक तथा निर्देशक दिपाश्री निरौला र दिपकराज गिरीको अथक मेहेनतले आज तितो सत्य यहाँसम्म आउन सफल भएको हो भन्दा सायद गलत नहोला किनकी तितो सत्यको सुरुवातबाटनै यो जोडीले श्रीमान श्रीमतीको भुमिका निभाउँदै दर्शकहरुलाई कहिले निराश बनाएनन् । टेलिभिजनको पर्दामा १२ बर्षदेखी श्रीमान श्रीमती भएर अभिनय गर्दा लाखौ दर्शकहरुले उनीहरु रियल लाइफमै श्रीमान श्रीमती हुन् भनेर नचाहेका पनि होइनन् तर त्यो कदापी हुन सक्दैन थियो किनकी दिपकराज विवाहित व्यक्ति हुन् तर यो जोडीले दर्शकहरुलाई हसाउँ भने कहिले बाँकी राखेनन् ।

विहिबार ‘तितो सत्य’ले नेपाली टेलिभिजनको इतिहासमा किर्तिमानी राख्दै सुखद ६०० भाग पुरा गरेपछि तितो सत्यको यति बेला चौतर्फी वाहवाही सुरु भएको छ । सुरुवात देखि नै श्रीमान श्रीमती भएर पर्दामा देखिएका दिपक-दिपा अब ६०१ औ भागदेखि भने फरक अवतारमा देखा पर्दैछन् ।

तितो सत्यको ६०० भाग पुरा गरेको उपलक्ष्यमा पत्रकारहरुसँग कुराकानी गर्दै दिपाश्री निरौलाले भनिन् १२ बर्षदेखी हामी टेलिभिजनको पर्दामा श्रीमान श्रीमती भएर अभिनय गर्दै आयौ तर अब ब्वाईफ्रेन्ड गर्लफ्रेन्डको रुपमा देखिनेछौ ।’ त्यस्तै निर्देशक एवं अभिनेता दीपकराज गिरीले आउँदो सातादेखि दर्शकले तितो सत्यमा नयाँ स्वाद पाउने बताए । ‘नेपाली सिरियलको सबैभन्दा ठूलो थ्रेट भनेकै १२ वर्षसम्म एउटै चीज र प्रस्तुति दिनु हो’ गिरीले भने, ‘अबदेखि हामीले व्यापक परिवर्तन गर्दैछौं । कलाकार, कथा, शैली र सन्देशमा ।’ तितो सत्य १२ बर्ष पुगेको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुले शुभकामना पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu