कतारमा देखाइयो ‘लब यू बाबा’



lov-u-baba-Qatar
विभिन्न देशहरुमा सफलतापूर्वक प्रदर्शनी गरिएको चलचित्र ‘लब यू बाबा’ कतारमा पनि प्रदर्शन गरिएको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लब यू बाबा’ शुक्रबार कतारको ग्राण्ड मल, सिनेमा-१ मा प्रदर्शन गरिएको चलचित्रका नायक एवं सौगात विष्टका पिता गजित विष्टले जानकारी दिए ।

Click Here to Watch Entertaining Videos
उल्लेख्य संख्यामा उपस्थित दर्शकहरुले चलचित्रलाई अत्याधिक मनपराएका गजितले बताए । चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्रको कथा र कलाकारहरुको अभिनयलाई अत्याधिक रुचाएका थिए । यसै चलचित्रमार्फत राष्ट्रिय चलचित्र पुरस्कारबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी संगम विष्ट अभिनित चलचित्र ‘लव यू बाबा’ जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्षलार्इ समेटेको छ । चलचित्रमा गजित बिस्टको कथा र गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ ।

चलचित्र ‘लव यू बाबा’लाई दिव्यराज सुवेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमिकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाह पनि चलचित्र ‘लव यू बाबा’मा अतिथी भुमिकामा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu