२४ पौषबाट ‘बागमती’



keki-adhikari-bagmati
ठुलोपर्दा डटकम, काठमाण्डौ।
ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘बागमती’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । बागमतीका निर्देशक तथा साउथ ईन्डियन निर्देशक सन्नी केरलाले आफ्नो आधिकारी फेसबुक मार्फत चलचित्रको प्रदर्शन मिति पौष २४ गतेलाई पक्का गरेका छन् ।

Click Here to Watch Entertaining Videos
नायिका केकी अधिकारीलाई केन्द्रमा राखिएको पोष्टर सार्वजनिक गर्दै निर्देशक केरलाले अब चलचित्र ‘बागमती’ बलीउडका दुई चलचित्र ‘बाजिराव मस्तानी’ र ‘दिलवाले’सँग लड्ने पनि जानकारी दिएका छन् । चलचित्रमा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu