सुरबिनालाई ‘सुश्री’को आश



Photo: Street Nepal
Photo: Street Nepal

कात्तिक ३ गते फुलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेका नेपाली कमेडी चलचित्र ‘सुश्री’बाट आफुले निकै आशा गरेको चलचित्रकी नायिका सुरबिना कार्कीले बताएकी छिन् ।

Click Here to Watch Entertaining Videos
झेली, नाइके र प्रर्शनको तयारीमा रहेको ‘होमवर्क’ अतिथि भुमिका निभाएकी सुरबिना सुश्रीबाट भने आफुले धेरै आशा गरेको बताएकी छिन् । नयाँपत्रिका दैनिकसँगको कुराकानीमा उनले भनिन् -‘चलचित्र सुश्रीबाट मलाई निकै नै आशा छ । चलचित्र नाइकेमा झैँ यो चलचित्रमा पनि मेरो ‘पियर’ आर्यन सिग्देल हुनुहुन्छ ।

सुश्रीमा आर्यनलाई एकोहोरो माया गर्ने पीडित युवतीको भूमिकामा छु । कमेडी जनराको फन्नी चलचित्र बनेकाले म निकै हौसिएकी छु । अहिले जतासुकैबाट राम्रो रेस्पोन्स पाइरहेकी छु ।’ यो चलचित्रमा आर्यन, सुरबिनासँगै आशिका तमाङ, बिकास चापागाईं, राजाराम पौडेल, मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् । चलचित्र लेखक शिबम अधिकारीले यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu