‘बाहुबली ३’ बन्ने



bahubali-poster
निर्देशक एसएस राजामौलीले चलचित्र ‘बाहुबली’ को तेस्रो संस्करणसमेत निर्माण गर्ने घोषणा गरेका छन् । बाहुबलीको दोस्रो भागको निर्माणमा जुटेका उनले सोही शृंखलाको तेस्रो चलचित्र पनि निर्माण गर्ने बताएका हुन् । तर तेस्रो चलचित्रको सम्बन्ध अघिल्ला दुई चलचित्रसँग नहुने उनको प्रष्ट पारेका छन् ।

Click Here to Watch Entertaining Videos
उनले ट्वीटरमार्फत जानकारी दिदैं लेखेका छन्, ‘बाहुबली–३ का बारेमा मैले योजना बनाइसकेको छु, तर अघिल्ला दुई भागका लागि लेखिएको कथालाई तेस्रो भागमा अघि बढाइने छैन ।’ उनले ‘बाहुबली–३’ लाई दर्शकले पहिला कहिल्यै अनुभव नगरेकोजस्तो पृथक बनाउने दाबी गरेका छन् ।

‘बाहुबली–२’ को छायांकन ४० प्रतिशत पुरा भइसकेको छ । यसै वर्ष प्रदर्शन भएको ‘बाहुबली’ बलिउडकै इतिहासमा सर्वाधिक सफल चलचित्र मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu