फेरी सलमान र शाहरुखको भिडन्त, एकसाथ आउने भए ‘सुल्तान’ र ‘रईस’



Shaharukh-and-salman
बलीउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानको आगामी वर्ष वक्स अफिस भिडन्त हुने पक्का भएको छ । सलमानको ‘सुल्तान’ र शाहरूखको ‘रईस’ आगामी वर्ष इदमा भिड्ने भएका हुन् ।

रईस निर्माता फरहान अख्तर विगतमा पनि ठुला स्टारहरु र चलचित्रहरु एकआपसमा भिडेको प्रसंग उल्लेख गर्दै ती चलचित्रहरुले राम्रो सफलता हासिल गरेकाले भिडन्तले असर नपर्ने बताएका छन् । दर्शकको रोजाइले चलचित्रको नतिजा तय गर्ने उनको तर्क थियो । त्यस्तै उनले राम्रो चलचित्रले सधै राम्रो गर्ने भएकाले कोसँग भिडिदैछ भन्ने कुरा उस्तो असर नपार्ने पनि बताए ।

रईसका निर्माता फरहानले आफ्नो चलचित्र सलमानको सुल्तानसँग भिडन्त गर्ने कुरा नखुलाएपनि उनले घुमाउरो तरिकामा भने सलमानको चलचित्र ईदमा आएपनि आफुहरु पछाडी नसर्ने बताएका थिए । यस अघि पनि सलमानको प्रेम रतन धन पायो र शाहरुखको दिलवाले एकसाथ प्रदर्शनमा आउने कुरा बाहिर आएको थियो तर पछि दुवै चलचित्रका निर्माताहरुको सहमती अनुसार सलमानको चलचित्र अगाडी प्रदर्शन गरिने समजदारी भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार केहि समयपछि पुन सुल्तानका निर्माता र राईसका निर्माताबिच प्रदर्शन मितिको बारेमा छलफल हुनेछ । तपाईहरुलाई याद रहोस् कि शाहरुख खानको प्रत्येक चलचित्र दिपावलीमा प्रदर्शन हुने गर्छन भने सलमानको ईदमा प्रदर्शन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu