लुटेराको ‘आइ एम जस्ट किडिङ’ (भिडियो)



kidding
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र लुटेराको ‘आइ एम जस्ट किडिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा माइकल किरणको शब्द, वसन्त सापकोटाको संगीत, राजेशपायल राई र मिलन अमात्यको स्वर रहेको छ ।

Click Here to Watch Entertaining Videos
हर्षिका श्रेष्ठ र सविन श्रेष्ठले अभिनय गरेका गीतमा शिव ढकालले कोरियोग्राफी गरेका छन् । चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको सँगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के.सी.को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो । यो चलचित्र कात्तिक २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu