‘गङनम स्टाइल’ गीतका गायकले एल्बम ल्याउँदै



psy-new-album
‘गङनम स्टाइल’ गीतबाट संसारभर ख्याती कमाउन सफल दक्षिण कोरियाली गायक पिएसवाएले चाडैं आफ्नो पहिलो एल्बम रिलिज गर्ने तयारी गरेका छन् ।

आफ्नो चार्टबस्टर गीत ‘गङ्नम स्टाइल रिलिज भएको तीन वर्षपछि उनले पहिलो सागीतिक एल्बम रिलिज गर्न लागेका हुन् । सन् २०१२ मा सो गीतबाट आफ्नो ग्लोबल स्टारडम स्थापित गरेका गायकको सो गीतले यूटियूवमा २.४ बिलियन भन्दा बढि पटक हेरिएको थियो ।

त्यस्तै सन् २०१३ र १४ मा रिलिज भएका उनका दूई गीत ‘जेन्टलम्यान’ र ‘हयाङ्ओभर’ले पनि राम्रो चर्चा कमाउन सफल भएको थियो । सो गीतका लागि उनले अमेरिकी र्‍यापर स्नुपडगसँग साझेदारी गरेका थिए । ३७ वर्षिय गायकको पहिलो एल्बम यसै वर्षको डिसेम्बरको पहिलो तारिख रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu