दर्शक हँसाउने ‘फन्को’ ट्रेलर (भिडियो)



fanko-trailer-thuloparda
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा माघ १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘फन्को’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका कलाकारहरु कमेडी शैलीमा प्रस्तुत भएका छन् भने कलाकारहरुले बोलेको संवाद निकै आर्कषक देखिएको छ ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो चलचित्र नोभेम्वर २३ मा सिनेमाहल जेड लुभेन बेल्जियममा समेत प्रदर्शन हुँदैछ । ‘फन्को’ यूरोपका बेल्जियम, फिनल्याण्ड, डेनमार्क, अस्ट्रीया, ईटालि, स्पेन, पोर्चुगल, फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गरिने बताईएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu