भुवनकी पूर्वपत्नीले सुरु गरिन ‘म त तिम्रै हुँ’



ma-ta-timrai-hu-start
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली नायक भुवन केसीकी पूर्वपत्नी तथा अभिनेत्री सुस्मिता बम्जनले चलचित्र ‘म त तिम्रै हुँ’को निर्माण कार्य सुरु गरेकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ । अनमोल क्रियशन ब्यानरमा नव निर्देशक श्रीराम महतले निर्देशन गर्ने चलचित्र ‘म त तिम्रै हुँ’ मा सुस्मिताको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई सुस्मिताका छोरा नायक अनमोल केसीले निर्माण गर्नेछन् । चलचित्रमा अनमोलसँगै सुवास थापाको लगानी रहनेछ । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा बोल्दै सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ’ सफल भएको खण्डमा अरु चलचित्र पनि निर्माण गर्ने बताएकी छिन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक श्रीराम महतले चलचित्र ‘म त तिम्रै हुँ’लाई राम्रो बनाउन आफुले कुनै पनि कसरत बाँकी नराख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu