आजबाट निखिलको ‘लुटेरा’, पहिलो शो देखि नै दर्शकको भिडभाड



lootera-show
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आजबाट चलचित्र ‘लुटेरा’ देशव्यापी प्रदर्शनमा आएको छ । एक्शन प्रधान यो चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ ।

गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको संगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के.सी.को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।

‘लुटेरा’ हेर्न पहिलो शो बाट नै दर्शकको भिडभाड छ । लामो समयपछि ‘भैरव’ नामक चलचित्रबाट क्रेज फर्काएका निखिलले ‘लुटेरा’बाट क्रेज जोगाईराख्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu