सलोनको पिठ्यूँमा रिस्ता



ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आधा पेज’को पोस्टर सार्वजनिक गरिएको छ ।

नेपालीहरुको महानपर्व तिहारको उपलक्ष्यमा सार्वजनिक गरिएको पोष्टरमा चलचित्रकी नायिका रिस्ता बस्नेत चलचित्रका नायक सलोन बस्नेतको पिठ्यूँमा चढेकी छिन् भने चलचित्रका अर्का नायक रुपेश न्यौपानेले सलोनलाई तानिरहेको देख्न सकिन्छ । निर्देशक समुन्द्र भट्टद्धारा निर्देशित चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।
aadha-page-poster

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu