बालिका आश्रममा नायिकाले मनाइन् जन्मदिन



pabitra-Acharya
नेपाली चलचित्रकी नायिका तथा कोरियोग्राफर पवित्रा आचार्यले अनाथ बालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् ।

बुधवार परेको उनको जन्मदिन चितवनको भरतपुर उप-महानगरपालिकाको देवघाटधाममा रहेको लोक कल्याण सेवा प्रतिष्ठानले संचालन गरेको ‘श्री रामजानकी बालिकाश्रम’मा मनाएकी हुन् ।

भव्यताका नाममा फजुल खर्च गरेर पार्टी दिएर जन्मदिन मनाउने प्रथाको विरोधी रहेकी आचार्यले आफ्नो खुशीको पल अनाथ बालिकासँग साटेको बताईन् । बालिकाहरुलाई तिहारका विभिन्न उपहार सहित एक दिनको खानाको ब्यवस्था गरी उनले जन्मदिन मनाएकी हुन् ।

‘विजयपथ, राजनीति, आवेग’ लगायतका चलचित्रमा अभिनय गरेकी पवित्राले छायांकनमा जान लागेको चलचित्र ‘होलिडे’मा पनि मूख्य भूमिकामा अभिनय गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu