‘चकलेट’को सम्पुर्ण व्यापार अनाथ बालबालिकाका लागि



choco
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’को सम्पुर्ण व्यापार च्यारेटीका लागि खर्च गरिने भएको छ । चलचित्रकी निर्मात्री पूजना प्रधानले दिएको जानकारी अनुसार चलचित्रबाट उठेको रकमले अनाथ बालबालिकाका लागि काठमाडौंमा भवन र कक्षा १० सम्म ५० जना विद्यार्थीले पढ्न सक्ने स्कुल बनाइनेछ ।

पूजनाले ५० जना अनाथ तथा असाहय बालबालिकालाई पढाउने, खुवाउने र पाल्ने जिम्मा लिन लागेको बताइन् । उनले भनिन्, ‘यसका लागि काठमाडौं भित्र नै सस्तो जग्गाको खोजीमा छौ ।’ आफूहरुसँग करिब २५ जना असाहय बालबालिका रहेको र अरु विभिन्न स्थानबाट खोजिने उनको भनाई छ । चलचित्रको कथा ननायिका प्रधानले नै तयार पारेकी हुन् ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu