‘बाहुबली’को अधिकार किन्न युरोपियन वितरकहरु बिच हानाथाप



bahubali-poster
भारतमा सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘बाहुबली’ले अन्तराष्ट्रियस्तरमा समेत राम्रै ध्यान खिच्यो । त्यहि क्रममा अन्तराष्ट्रिय वितरकहरुले यो चलचित्र किन्नका लागि तँछाडमछाड गरेका छन् ।

फिल्मकार एवम् युरोपेली वितरक पियरे एसोलिनले अनुसार पछिल्लो समय युरोपियन वितरकहरु चलचित्रको अधिकार किन्नका लागि भिडिरहेका छन् । ल्याटिन अमेरिका र चीनका लागि यसको वितरण अधिकार बेचिसकिएको छ । एसोलिनले युरोपमा बाहुबलीको माग अत्याधिक रहेको जनाएका छन् ।

चलचित्रको वितरण खरिदमा देखिएको प्रतिष्पर्दालाई इंगित गर्दै उनले थुप्रै भारतीय चलचित्र अन्य देशमा प्रदर्शनका लागि योग्य रहेको पनि बताएका छन् । बाहुबलीलाई एस एस राजामौली निर्देशन गरेका हुन् भने प्रभास, राणा, अनुस्का, तमन्ना लगाएतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu