‘आधा पेज’को ट्रेलर र गीत सार्वजनिक (भिडियो)



aadha-page-press
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीको जमलमा रहेको नेपाली किचनमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा उपस्थित चलचित्रका कलाकार सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपानेले चलचित्र “आधा पेज” उत्कृष्ट चलचित्रको बनेको बताउँदै दर्शकहरुले पनि चलचित्रलाई मनपराउने बताए । निर्देशक समुन्द्र भट्टद्धारा निर्देशित चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu