प्राविधिक संघको अधिवेशन सुरु, अध्यक्षका प्रत्यासी तीन जना



prabidhik
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र प्राविधिक संघले नयाँ नेतृत्व चयनको लागी आज सम्पन्न हुने चुनावी अधिवेशनबाट नयाँ कार्यसमिती चुन्ने भएको छ ।

वुधबार राजधानीमा प्राविधिक संघको संस्थापक सल्लाहाकार तथा नायिका वसुन्धरा भुषालले प्राविधिक सम्मान तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा रहेर दुई दशकदेखि काम गरेका विभिन्न प्राविधिकहरुलाई सम्मान गरिएको छ ।

चलचित्र क्षेत्रमा भान्छा, स्थल सहयोगी, प्रकाश व्यवस्थापक, श्रृङ्गार लगायतका विभिन्न विधामा रहेर पर्दा पछाडि काम गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा वितरक तथा निर्माता प्रदिप कुमार उदय, निर्देशक नारायण पुरी, पत्रकार भरत शाक्य, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले शुभकामना दिएका थिए ।

नयाँ नेतृत्वका लागि आजै चुनाव हुनेछ । चुनावमा अध्यक्ष पदका लागि अनन्त तिमिल्सिना, पुष्कर लामा र राजु केसीले भिडन्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu