चलचित्र ‘सिन्दुर’ खिच्ने छायांकार रहेनन्



dipak-dhakal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूराना छायाँकार दिपक ढकालले संसार छाडेका छन् । हृदयघातका कारण विगत केहि दिनदेखि भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा रहेका ७० बर्षिय ढकालको बिहिबार निधन भएको हो ।

यसैबीच ढकालको निधनको शोकमा शुक्रबार सबै फिल्मको छायांकन रोकिने भएको छ । दिवंगत छायांकार एवं फिल्म प्राध्यापक दीपक ढकालले पहिलोपटक ‘सिन्दुर’मा काम गरेका थिए । शान्तिदिप, फेरि भेटौंला, सारंगी, चेलिबेटी, चोखो माया, पहिलो प्रेम उनीद्वारा खिचिएका चलचित्र हुन् । केही डकुमेन्ट्री पनि उनले खिचेका छन् ।

सिनेमालाई दृश्य भाषाको रुपमा विकास गर्नुपर्छ भन्ने सोच राख्ने उनका चार दाजुभाई नै चलचित्र क्षेत्रमा क्रियाशिल छन् । पुने इन्स्टिच्युटबाट फिल्मसम्बन्धी अध्ययन गरेका ढकाल पछिल्लो समय छायांकन विषय पढाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu