गजितलाई सदस्यमा भारी मत, अशिष्मा, ‘मुखामा हान्नु जस्तो’ देखी ‘हर्के हल्वदार’ सम्म सदस्यमा विजयी



gajit
Photo: Filmykhabar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनिबार काठमाण्डौको नेपाल पुलिस क्लबमा चलचित्र कलाकार संघको निर्वाचन सकिएको छ । सदस्यका लागि उम्मेद्वारी दिएका कलाकार गजित बिष्टले सर्वाधिक धेरै मत पाएका छन् । उनले २८७ मत ल्याउँदै सदस्य पदमा विजयी भएका हुन् ।

उनको यो मत अन्य सदस्यहरुले पाएको मत भन्दा धेरै हो । त्यस्तै सदस्यमा उम्मेद्वारी दिएका कलाकार शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धन बहादुर बमजन, बिष्णु प्रसाद सापकोटा पनि विजयी भएका छन् । सोहि क्रममा ७ जना महिला कलाकार यसपटकको समितीमा निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष नवल खड्काले वर्तमान अध्यक्ष रामकेशर वोगटीलाई पद हस्तान्तरण गरेका छन् ।

यो पनि पढ्नुहोस्:
कलाकार संघको अध्यक्षमा बोगटी भारी मतले विजयी

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu