फ्राईडे रिलिज: ‘आधा पेज’, ‘धौली’ र ‘टिस्टा पारीको साइनो’



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिज अन्र्तगत तिन नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘आधा पेज’,‘धौली’र ‘टिस्टा पारीको साइनो’ आजबाट देशव्यापी प्रदर्शनमा आएका हुन् ।

समुन्द्र भट्टद्वारा निर्देशित चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

अर्को चलचित्र ‘धौली’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यो चलचित्र आजबाट काठमाडौं उपत्यकामा मात्र प्रदर्शनमा आउन लागेको हो । निर्माण यूनिटले बताए अनुसार उपत्यका बाहिर यो चलचित्र पुष १७ गतेबाट प्रदर्शनमा आउनेछ । पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले निर्माण गरेको घौली सामाजिक कथानक चलचित्र हो । चलचित्रमा लोपोन्मुख कटवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउनेजस्ता गाउँघरका क्रियाकलाप समेटिएको छ । कलाकार गीता अधिकारीले चलचित्रमा धौलीको मुख्य भूमिका निर्वाह गरेकी छिन् । अधिकारीबाहेक विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट र बाल कलाकार गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् । चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।

यि दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘टिस्टा पारीको साइनो’ मा खिलबहादुर गुरुङ, अनिता गुरुङ, अमिर, गजेन्द्र, टीकाराम घले, सिता गुरुङ लगायतका कलाकारका साथमा बालकलाकार सुधन गुरुङले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu