‘फन्को’ चर्चा, ‘ठुङ्दे’ बन्यो प्रचार सामाग्री



thungde-statue
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ १ गतेलाई प्रदर्शन मिति बनाएर प्रचार प्रचारमा उत्रिएको चलचित्र ‘फन्को’ यूनिट यति बेला जोडतोडले दर्शकलाई हलसम्म भित्राउने हाडमा लागेको छ । सार्वजनिक ट्रेलर तथा त्यसमा समावेश संवादका कारण अहिले बजारमा राम्रै चर्चा बटुलिरहेको फन्कोमा दर्शकका लोकप्रिय कलाकारहरु भएका कारण पनि चलचित्र चल्नेमा दुई मत छैन तर पनि चलचित्र यूनिटले पछिल्लो केहि दिन यति गरेको प्रचार प्रसारले पुन एक पटक नेपाली सिनेनगरि गर्माएको छ ।

अहिले चलचित्र यूनिटले चलचित्रमा समाबेश ‘ठुङ्दे’ बोलको गीतलाई प्रचारको सामाग्री बनाई प्रचार थालनी गरेको छ । चलचित्रका निर्माता नरेन्द्र महर्जनले आफ्नो फेसबुकमा ‘ठुङ्दे’ को स्ट्याचु राखेर यो प्रचार तरिकाको सुरुवात गरेका थिए । उनको यो अभियानमा अहिले चलचित्रकर्मी र दर्शकले राम्रैसँग साथ दिइरहेका छन् । निर्माता महर्जनका अनुसार अब यी स्ट्याचुहरु देशका विभिन्न हलमा राखिनेछ ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu