उर्वशी: प्रोमो सार्वजनिक | एक्शन, माया र वेदनाका कुरा



Urbashi-1st-lookठुलोपर्दा डटकम, काठमाण्डौ। मंसिर १४ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘उर्वशी’को फर्ष्ट लुक प्रोमो सार्वजनिक भएको छ। मंगलवार ठुलोपर्दा डटकमबाट सार्वजनिक प्रोमो डेढ मिनेट लामो छ। प्रोमोमा प्राय: मुख्य कलाकारहरु देख्न पाईन्छ।

मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’लाई हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेका छन्। किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ (डेब्यू), मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगाएतका कलाकारहरुको अभिनय गरेको यो चलचित्र “मायामा तड्पिएका लागि, माया गर्न सिक्नेहरुका लागि साथै माया गरिसकेकाहरुको लागि” बनाईएको निर्देशक पन्थले बताए।

चलचित्रमा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, सानु कुमार महर्जनको द्वन्द्व, बब्लु थापाको नृत्य र दिव्यराज सुवेदीको छायांकन रहेको छ। चलचित्रमा समावेश गीतमा शंकर अधिकारी ‘घायल’, सन्तोष अग्रहरी, जानकी पन्थ र कृष्ण कार्कीका शब्द तथा राजेश पायल राई, ईन्दिरा जोशी, सन्तोष लामा, प्रविशा अधिकारी, रजिना रिमाल, आकांक्षा बस्याल र अर्जुन कौशलको स्वर रहेको छ।

बुटवल, पाल्पा, लुम्बिनी, त्रिवेणी लगाएतका स्थानहरुमा ‘उर्वशी’ छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu