अनमोल भन्छन्, ‘३३ वटा चलचित्र अस्विकार गरेँ’



Bhuwan-anmol
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अनमोल केसीले अभिनय गरेका जम्मा दुईवटा चलचित्र ‘होस्टल’ तथा ‘जेरी’ प्रदर्शन भएका छन् । दुवै चलचित्र व्यवसायिक रूपमा सफल भए ।

ती चलचित्रको व्यवसायिक सफलतासँगै अनमोलमा माग ह्वात्तै बढ्यो । आफ्नै बुवा भुवन केसीको ‘ड्रिम्स’ अनमोलको तेस्रो चलचित्र हो भने ‘गाजलु’को भर्खरै छायांकन सम्पन्न भएको छ । ‘गाजलु’ बाट १० लाख रुपैयाँ पारिश्रमिक लिएर अनमोलले एउटा कीर्तिमान पनि कायम गरेका छन् ।

आगामी दिनमा अनमोलले ‘गाजलु’ को भन्दा कम पारिश्रमिकमा काम गर्लान् कि नगर्लान् ? साप्ताहिकसँगको कुराकानीमा अनमोल भन्छन्— ‘योचाहिँ भविष्यको कुरा हो, जसका बारेमा अहिले नै केही बताउन सकिंदैन ।’ जेरीको सफलतापछि अनमोलले झन्डै तीन दर्जन चलचित्रबाट अभिनयको प्रस्ताव पाए ।

‘मैले ३३ वटा चलचित्र अस्विकार गरेँ, अनमोल भन्छन्— ‘अधिकांश चलचित्रको विषय तथा मैले निर्वाह गर्नुपर्ने भूमिका मन नपरेका कारण ती चलचित्र छाडेँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu