विरगञ्जमा सौगात र अशिष्माको यस्तो रोमान्स (फोटो फिचर)



saugat-and-ashishma1

ठुलोपर्दा डटकम।
फेरि एकपटक प्रहरीको भूमिकामा अभिनय गर्न लागेका नायक निखिल उप्रेतीको मुख्य भुमिका रहेको चलचित्र ‘संरक्षण’को छायांकन अहिले विरगञ्जमा धमाधम भइरहेको छ । अहिले चलचित्रका कलाकार अशिष्मा नकर्मी र सौगात मल्लको लभस्टोरी दृश्य छायांकन भईरहेको छ ।

सोहि छायांकनस्थलबाट बाहिरिएको एक तस्विरमा अशिष्मा नकर्मी सौगात मल्लको पिठ्यूमा चढेकी छिन् । १० दिनसम्म विरगञ्जमा खिचिने यो चलचित्रको हालसम्म ३५ प्रतिशत छायांकन सकिएको छ ।

saugat-and-ashishma2

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । चलचित्रमा एसएसवी रमेश खरेलको केमियो भूमिका रहने वुझिएको छ । ३५ दिन लामो यो चलचित्रको छायांकन काठमाडौं, विरगंज र हेटौडा लगायतका स्थानमा हुनेछ ।

saugat-and-ashishma3

द्वारिका उदय प्रोडक्शन, श्रीवास्तव फिल्मस्, हेटौँडा मुभि मेकर टीम, एचएमएमटी र पुर्णेन्दु प्रोडक्शनको संयुक्त प्रस्तुतीमा यो चलचित्र बन्न लागेको हो । चलचित्रलाई पुर्णेन्दु कुमार झाले निर्देशन गर्नेछन् । चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu