शिखालाई देखेपछि के भयो सुरजलाई ? (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र जंगेको अफिसियल गीत सार्वजनिक गरिएको छ । ‘सलल’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरी र शिखा शाहीलाई फिचरिङ गरिएको छ ।

अल्मोदा उप्रेतीको संगीत तथा स्वर रहेको यो गीतमा मनास राजको शब्द छ । उत्कल थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई आइडियाज एण्ड इमेजेजको ब्यानरमा सुशन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका छन् ।

विरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायक सुरज सिंह ठकुरी शिर्ष भूमिकामा देखिएका छन् । सुवास कोइरालाको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिकै छायांकन, उज्वल ढकालको सम्पादन छ ।

चलचित्रमा ऋचा शर्मा, शिखा शाही पनि मुख्य भूमिकामा छन् । जंगेले विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता र शक्ति प्राप्त गर्छ भन्ने देखाइएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu