कुमारी श्रृष्टीलाई प्रेम गर्दा अनमोलको यो अवस्था, ‘गाजलु’ ट्रेलर रिलिज (भिडियो)



Anamol-kc-and-Shristi-shrestha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाजलु’को ट्रेलर रिलिज गरिएको छ । जेठ २८ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर करिव २ महिना अगाडी नै सार्वजनिक भएको हो ।

अहिले चर्चामा रहेका युवास्टा अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मूख्य अभिनय रहेको यो चलचित्रलाई हेमराज बिसिले निर्देशन गरेका हुन् भने रोहित अधिकारी निर्माता हुन् । अनमोल र श्रृष्टीको साथमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ ।

नेवारी परम्परामा रहेको कुमारी चलन, कुमारी बनेकी युवतीसँग कुनै केटाको सम्बन्ध हुन नहुने भन्ने अन्धविश्वास र त्यसपछि आउने घटनाक्रम ट्रेलरमा देखाईएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu