एकसाथ तीन नेपाली चलचित्र रिलिज



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो साता एकसाथ तीन नेपाली चलचित्र रिलिज भएका छन् । ‘किन गरे माया’, ‘एक्सन’ र ‘बेस्ट फ्रेन्ज फरेभर’ नामक चलचित्रहरु रिलिज भएका हुन् ।

‘किन गरे माया’ प्रेम कथामा आधारित छ, ‘एक्सन’ सामाजिक कथा र ‘बेस्ट फ्रेन्ज फरेभर’ साथीत्वमा आधारित छ । ‘किन गरे माया’मा आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलान लगायत कलाकाहरुको अभिनय छ, जसलाई दिल कुमार प्यासीले निर्माण गरेका हुन् भने रमेश बोगटीले निर्देशन गरेका छन् ।

सामाजिक कथाको एक्शन श्रेणीमा बनेको ‘एक्सन’मा शिव श्रेष्ठ, जेनिशा केसी, प्रमोद दिप, कसम गुरुङ लगायतको अभिनय छ । यो चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका छन् भने निर्माता दिपेन्द्र कोइराला र सर्मिला तामाङ गुरुङ हुन् ।

साथै, उत्सव थपलिया निर्देशित ‘बेस्ट फ्रेन्ज फरेभर’मा मनिष न्यौपाने, सन्दिप घिमिरे, पिङ्की शेर्पा, साधना भण्डारी, सौरभ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu