धुर्मुस-सुन्तली फाउन्डेसनलाई १५ लाख



dhurmus-suntali-foundation-help

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गिरान्चौर एकीकृत बस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई १५ लाख भन्दा बढि रकम सहयोग प्राप्त भएको छ । रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले धुर्मुस-सुन्तली फाउन्डेसनलाई १५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

सिटी एक्सप्रेसले सामाजिक सहयोगस्वरूप रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान जनाएको छ । संस्थाका प्रबन्ध निर्देशक चन्द्र टण्डनले एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरूलाई थप आँट र हौसलास्वरूप संस्थागत रूपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको बताए ।

यो सहयोग हालसम्मकै उच्च आर्थिक सहयोग रहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । चार करोडभन्दा बढी अनुमानित लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाख रुपैयाँको हाराहारीमा सहयोग जुटेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu