धुर्मुस-सुन्तली, रेखा सहित पाँच कलाकर्मीलाई सरकारबाट प्रवल जनसेवाश्री पदक



Dhurmus-suntali-padak

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनीवार जारी बजेटमा नेपाली कला क्षेत्रले एक सम्मान पाएको छ । निरन्तर कला क्षेत्रला लागि परेका र साथसाथै समाजसेवामा तल्लिन केहि हस्तीलाई सरकारले प्रवल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ ।

नायिका रेखा थापा, चर्चित हाँस्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ साथै विल्सन विक्रम राई ‘तक्मे बुढा’, चलचित्र निर्देशक दयाराम दाहाललाई यो पदक दिन लागिएको हो ।

रेखाले १६ वर्षको उमेरमै ‘हिरो’ नामक चलचित्रबाट नेपाली चलचित्रमा पाईला टेकेकी थिइन् । उनले सय बढि चलचित्रमा अभिनय गरेकी छिन् । हाल उनि आँफै चलचित्र निर्माणमा सक्रिय छिन् भने रेखा थापा फाउण्डेशनको सुरुवात गरि सामाजिक कार्य पनि गरिरहेकी छिन् ।

rekha-thapa-teej

हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा धुर्मुस-सुन्तली बनेर करौडौँको मन जितेका सिताराम कट्टेल र कुञ्जना घिमिरे हाल अभिनय भन्दा पनि सामाजिक कामबाट प्रख्यात छन् । भूकम्प पछि पुन:निर्माणमा जुटेका उनिहरुले धुर्मुस र सुन्तली फाउण्डेशन सुरु गरि हाल देशका बिभिन्न स्थानमा बस्ती बसाईरहेका छन् ।

दुई दशक लामो समयसम्म चलचित्र निर्देशनमा सक्रिय दयाराम दाहालले पारिवारिक र प्रेमकथामा चलचित्र बनाउने गर्छन् । उनला थुप्रै चलचित्र हिट लिस्टमा छन् ।

त्यस्तै, तक्मे बुढाको नामले परिचित हाँस्यकलाकार विल्सन विक्रम राईले धेरै टेलिचलचित्र तथा चलचित्रमा अभिनय गरेतापनि उनि ‘मेरी बास्सै’बाट चिनिएका थिए । उनले हाल खासखुस नामक टेलिचलचित्रमा अभिनय गरिरहेका छन् भने उनका चलचित्रहरु पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu