मोडल पल शाहको हातबाट सिन्दुर पोते लगाउने इच्छा (भिडियो)



monalisha-parajuli
ठुलोपर्दा डटकम, काठमाण्डौ।

नेपाली सांगीतिक क्षेत्रमा लामो ससमयदेखि संघर्षशिल गायक सुवास पराजुलीले आफ्नो नयाँ भिडियो रुपकी रानी सार्वजनिक गरेका छन् । युवा पुस्ता बिचको प्रेम र युवा अवस्थाका भावना समेटेर तयार गरिएको भिडियोमा मोडल पल शाह र मोनालिसा पराजुलीले अभिनय गरेका छन् ।

मोडलीगंमा राम्रो संभावना बोकेर अगाडी बढेकी मोनालिसाले भिडियोमा पल शाहको हातबाट दुई चिम्टि सिन्दुर र उनकै नामको चुरा पोते लगाउने इच्छा प्रकट गरेकी छिन् ।

निर्देशक संशान कडेँलले निर्देशन गरेको भिडियोको गीतमा गायक पराजुलीलाई स्वरमा गायिका इन्दिरा जोशीले साथ दिएकी छन् । प्रकाश थुलुगंका शब्दमा इन्द्र आरपीले संगीत भरेका छन् । जसको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu